
काठमाडौं, १३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवसको अवसरमा शुक्रवार आफ्ना उपराष्ट्रपतिका परिवारका सदस्यसहित २ सय ५८ जनालाई शुसोभित गरेकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नेकपा एमालेका तत्कालीन महासचिव एवम् आफ्ना पति मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न विभुषण प्रदान गरिन् । नागरिक दैनिकले समाचार छापेको छ ।
सो विभुषण भण्डारीका छोरी द्वय उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीले ग्रहण गरे ।
त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाई जनसेवाश्री पदकले विभुषित गरिन् ।
पुनले आफ्नो फेसबुकमा सुशोभनका लागि उपस्थित हुन गृहमन्त्रालयले पठाएको पत्रसमेत राखेका छन् ।












प्रतिक्रिया