काठमाडौं । राजधानीबसीले चर्चित गायक नवीन के भट्टराईको गीत संगीत लाइभ सुन्न पाउने भएका छन् । ‘फ्राइडे विथ नवीन के भट्टराई’नाम कार्यक्रम सहित गायक नवीन श्रोतामाझ उत्रिन लागेका हुन् ।
ठमेलमा आयोजना हुने यो कार्यक्रममा नवीनले हृदयमा राखे…, आँखामा तिमीलाई …, डर लाग्छ …., तिमीलाई म दोबाटोमा…, तिमीले हेर्दा कसैलाई ….लगायत आफ्ना नयाँ तथा पुरान दर्जन गीत प्रस्तुत गर्ने छन् ।
कार्यक्रममा गायक नवीनले दर्शकले श्रोताले अत्यधिक मनपराएको गीत ‘सायद तिमी नै हौं….’ समेत गाउने छन् । कार्यक्रममा चलचित्रका चर्चित कलाकारको समेत सहभागिता रहनेछ ।















प्रतिक्रिया