
बारा, १२ जेठ । बाराको महागढीमाई नगरपालिका– १० गन्जभवानीपुरमा विवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तीन तलाक (सम्बन्धबिच्छेद) दिएका छन् ।
भारतको बिहार बेतीयानी नजिकै मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक दिएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
मुस्लिम परम्पराअनुसार बुधबार राति निकाहा (विवाह) सम्पन्न भइसकेपछि बिहीबार बिहान दुलाहाले दुलहीको अनुहार देखेपछि मन नपरेको भन्दै सबैको सामुन्नेमै तीन तलाक गरेका हुन् ।
मुस्लिम समुदायमा तीन पटक तलाक भनेपछि सम्बन्ध बिच्छेद हुने धार्मिक परम्परा कानून छ । भारतमा उक्त कानूनलाई लिएर चर्को विवाद भइरहेको छ ।
यसैबीच विवाह गरिसकेपछि दुलही नलैजाने भनेपछि गाउँलेले भने दुलाहासहित जन्तीलाई मदरसाको कोठामा थुनेर राखेका छन् ।
केटी आफूलाई मन नपरेकोकाले बिहे गरे पनि घर नलैजाने निर्णयमा पुगेको दुलाहा रूस्तम आलमको भानाई छ ।
जन्तीलाई स्थानीयले घेराउँ गरेपछि भद्र भलाद्मीले सार्वजनिक भेलाबाट केटा पक्षले लिएको दाइजोसहित विवाहको सम्पूर्ण खर्चवापत २ लाख ७५ हजार दिने सहमति गरेको प्रहरी चौकी गन्जभवानीपुरले जनाएको छ ।












प्रतिक्रिया