२ कार्तिक २०८३, सोमबार

अमेरिकामा यस बर्ष पनि ग्लोबल नेपाली फिल्म अवार्ड

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आगामी अगष्टमा अमेरिकामा ग्लोबल नेपाली फिल्म अवार्ड हुन लागेको छ ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बिस्तार गर्नका लागि यसबर्ष पनि अगामी अगष्टमा अमेरिकामा अवार्ड समारोह गर्न लागिएको बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसबर्षको अवार्ड समारोहको नाम भने खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड राखिएको छ ।

राजधानीस्थित नेपाल चलचित्र सङ्घको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अवार्डका अध्यक्ष नवराज श्रेष्ठले प्रवासमा रहेर अवार्ड आयोजना गर्नु चुनौती पूर्ण भएपनि सबैको साथ र सहयोगका कारण निरन्तर यो अवार्ड आयोजना गर्ने हौसला मिलेको बताए । अर्कोपल्ट अस्ट्रेलियामा गर्न कुरा भइरहेको उनले जानकारी दिए ।

यसैगरी, अवार्डका संयोजक शैलेश पोखरेलले अमेरिकी भूमिमा नेपाली फिल्म अवार्ड गर्न लागिएकाले सहयोगका लागि सबैलाई अपिल गरेका थिए । यो नेपाल र नेपालीका लागि पनि ठूलो अवसर भएको उनको भनाइ थियो ।

त्यस्तै अवार्डका ब्यबस्थापन समितिका अध्यक्ष मधु श्रेष्ठले गतसालको अवार्ड समारोह अत्यन्त भव्य भएको जानकारी दिँदै
यसपटकको दोस्रो संस्करण झनै विशेष बनाउने कोशिष भइरहेको जानकारी दिए ।

गत वर्षको अवार्ड समारोहमा सहभागी भएर फर्केका कलाकार सुनिल थापा र बसुन्धरा भुसालले अवार्ड समारोहको प्रंशसा गरे । नेपालदेखि कलाकार लगेर अमेरिकामा सौहार्दपूर्ण वातावरणमा अवार्ड समारोह भएको भन्दै
उनीहरुले कलाकारले कुनै गुनासो गर्नुपर्ने सानो ठाउँसम्म नदिई अटि उत्कृष्ट कार्यक्रम गर्न सफल भएकोमा अवार्ड आयोजक टिमलाई धन्यवाद र बधाई ज्ञापन गरेका थिए ।

नेपाल फिल्म सोसाइटी नेपालका अध्यक्ष अभिनेता कृष्ण मल्लले ग्लोबल नेपाली फिल्म अवार्ड आगामी वर्षहरूमा पनि निरन्तर आयोजना गरिने जानकारी दिए । तेस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्डका लागि विभिन्न देशका रहेका विभिन्न व्यक्तिले चासो देखाएको र अवार्डलाई बिश्वव्यापी बनाउँदै अन्तर्राष्ट्रिय चलचित्र भुगोलमा नेपालीको खुबीलाई स्थापित गर्ने आफूहरुको उद्धेश्य रहेका बताए ।

त्यस्तै, चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र सङ्घका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र पत्रकार सङ्घका अध्यक्ष सन्दीप सापकोटा, चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटी, चलचित्र विकास बोर्ड सदस्य तथा पत्रकार अशोक प्यासी राई लगायतले पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्म अवार्ड आयोजना गर्नु अत्यन्त महत्वपूर्ण रहेको भन्दै यसले नेपाली फिल्म र संस्कृतिको प्रबर्धनमा प्रत्यक्ष र फराकिलो टेवा पुग्ने बताए ।

अवार्ड प्रायोजक संस्था शेर्पा ब्रुअरीका अध्यक्ष लाक्पा शेर्पा पनि गत सालको सफल अवार्ड सम्पन्नताले यो बर्षपनि आफूहरूले खुसीका साथ प्रायोजकका रूपमा सहकार्य गरेको धारणा राखे ।