१ कार्तिक २०८३, आइतबार

राष्ट्रपतिद्धारा सहमतीय सरकारको आह्वान, दलहरुलाई ७ दिनको समय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिका आधारमा नयाँ सरकार गठनको लागि राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् । बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले आज यस्तो आह्वान गरेकी हुन् ।

नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नको लागि व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपतिले आह्वान गरेकी हुन् ।

सात दिनभित्र सहमतिको आधारमा प्रधानमन्त्री चयन हुन नसके मात्रै बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।