१ कार्तिक २०८३, आइतबार

पाल्पामा कांग्रेस सभापतिसहित १५६ जना एमालेका प्रवेश, चुनावमा बहुमतले जिताउन आह्वान

11.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

करुवा (पाल्पा), ११ जेठ । पाल्पामा नेपाली कांग्रेसका गाविस पूर्वसभापति धनसिंह पुनसहित १५६ जना एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले रैनादेवी छहरा गाउँपालिकामा आयोजित आमसभामा साविक जुठा पौवा गाविसका पूर्व कांग्रेस सभापति पुन पार्टी प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई एमाले नेता एवं पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे र जिल्लास्तरीय नेताले टीका र खादा लगाएर स्वागत गरेका थिए ।

स्वागतपछि भेलालाई सम्बोधन गर्दै एमाले नेता पाण्डेले नेपाली जनता र यो मुलुकको हितमा काम गर्ने पार्टी एमाले भएकै कारण देशभरीका जनता एमाले पार्टीप्रति आकर्षक भएको बताउँदै देश देश अत्यन्तै अप्ठेरो परिस्थितीमा परेको बेलामा पनि राष्ट्रको रक्षा र राष्ट्रिय पक्षमा लड्ने एक मात्र पार्टी एमाले भएको बताए ।

उनले पाल्पाको समग्र विकासको लागि आफू कटिबद्ध भएर लाग्ने बताउँदै जेठ ३१ को चुनावमा एमालेलाई भारती मत दिएर जिताउन आह्वान गरे ।