२ कार्तिक २०८३, सोमबार

मिस नेपालकी दाबेदार हुन् दाङ धर्नाकी नीति शाह (तस्बिरसहित)

15.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । मिस नेपाल २०१७ को प्रतिस्पर्धाका लागि २१ वर्षीया नीति शाह विजेताको बेजोड प्रतियोगी हुन् ।

थुप्रै प्रतियोगीहरूलाई उछिनेर २० जनाभित्र पर्न सफल नीति अहिले आयोकको बन्द प्रशिक्षणमा छिन् । बिहानै प्रशिक्षणमा जाने र दिनभरि प्रतियोगिताको तयारी गर्ने उनको अहिलेको दिनचार्य हो । नीतिका सहपाठीहरूका अनुसार उनले मिस नेपाल २०१७ को उपाधि विजेता बन्नेमा ढुक्क छन् ।

मिस नेपाल २०१७ का लागि नीतिलाई भोट गर्न पनि सकिन्छ । नीतिलाई ‘एमएन ११’ टाइप गरी ३३००१ मा पठाउनु पर्छ ।

सेन्टजेभियर्समा मासकम्युनिकेशन (पत्रकारिता) अध्ययनरत नीति अन्तिम वर्षको परीक्षाको तयारीमा छिन् ।

दाङ जिल्लाको घोराही उप–महानगरपालिका धर्ना निवासी (हाल काठमाडौं) नीति अध्ययनमा पनि उत्तिकै जेहेन्दार छात्रा हुन् । नीति नवल शाहकी छोरी हुन् ।

हिडेन ट्रेजरले प्रत्येक वर्ष गर्दै आएको मिस नेपालको यस वर्षको संस्करणको प्रमुख दाबेदार हुन्, नीति । क्यामरा लुक्सका लागि अत्यन्तै उपयुक्त मानिएकी नीतिलाई घुमघाम, साथीभाइसँगको रमाइलोका साथै बेलाबेला क्लव जान पनि मन पराउँछिन् ।

नीतिलाई दरबारमार्गस्थित ‘भिक्ट्र’ क्लव अलिक धेरै मन पर्छ । बेलाबेला नीति क्लव ‘भिक्ट्र’मा गएर साथीहरूसँग रमाइलो गर्ने गरेकी छिन् । (तस्बिर फेसबुकबाट साभार)