१४ कार्तिक २०८३, शनिबार

एमालेले नयाँ सरकार गठनबारेमा यस्तो लियो निर्णय

19.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । प्रधानमन्त्रीको राजीनामापछि नयाँ सरकार गठन प्रक्रियामा सहभागी भए पनि एमालेले नेतृत्वमा दाबी प्रस्तुत नगर्ने नीति लिएको छ ।

उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने चर्चा चले पनि एमालेले सरकारको नेतृत्व दाबी नगर्ने नीति लिएको हो । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

अध्यक्ष केपी ओलीले सरकार गठन प्रक्रियामा सहभागी भए पनि एमालेले नेतृत्व गर्ने राष्ट्रिय सहमतिको सरकारको पक्षमा सहमतिको वातावरण बनेभन्दा बाहेकको परिस्थितिमा नेतृत्व दाबी नगर्ने प्रस्ट पारिसकेका छन् ।

राजीनामाले परिस्थिति झन् अन्योल

एमालेले निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएर परिस्थितिलाई झन् अन्योलपूर्ण बनाएको निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा बुधबार बसेको स्थायी समिति बैठकले त्यस्तो निष्कर्ष निकालेको हो । पार्टीका तर्फबाट उठाइएका माग सम्बोधनका लागि राजनीतिक सहमतिको वातावरण निर्माण गर्नुको सट्टा प्रधानमन्त्रीले राजीनामामार्फत स्थानीय तहको निर्वाचन नै अन्योलपूर्ण बनाएको एमालेको आरोप छ ।

‘स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने सरकारको निर्णयले जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई अन्योलपूर्ण बनाइरहेको, तत्कालै संसद्मा सरकारको नीति तथा कार्यक्रम र वार्षिक आय–व्यय (बजेट) पेस गर्नुपर्ने साथै हाम्रो पार्टीले संविधान संशोधन प्रस्ताव, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव, स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सरकारी तवरबाट भएका ज्यादतीहरूको संसदीय छानबिनको माग गरिरहेको वेला त्यसमा सरकारका तर्फबाट आवश्यक पहलकदमी लिएर राजनीतिक सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा स्थानीय तहको घोषित निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको सरकारका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएर परिस्थितिलाई झन् अन्योलपूर्ण बनाउनुभएको छ,’ बैठकपछि सचिव योगेश भट्टराईले भने ।