काठमाडौं । नवीन न्यौपानेको लेखन रहेको ‘किन म आजभोलि यति धेरै पिउन थाले, बिगतका ती पल सम्झी मदिरामै जिउन थाले…’ बोलको गीत रेकर्ड भएको छ ।
हिमाल सागरको स्वर, जीवन पन्तको संगीत रहेको यो गीतलाई त्रिबेणी डिजिटल स्टुडियो अनामनगरमा रेकर्ड गरिएको हो । गजलको शैलीमा रहेको गीत साँच्चिकै मिठो र कर्णप्रिय बनेको रचनाकार न्यौपानेले बताए ।
बेलाबेला मोडलिङ गर्दै आएका न्यौपानेले थुप्रै रचनाहरू गरेका छन् । भन्छन्, ‘म रचना पनि गर्छु । धेरै गीत, गजलहरू रचना गरेको छु । केही रेकर्ड भएका छन् । केही रेकर्डका क्रममा छन् ।’
सर्लाही जिल्ला निवास न्यौपानेले हालै आफ्नो गजल रेकर्ड गराएर फर्किएका हुन् ।
यसअघि रचनाकार न्यौपाने ‘पराईको बगैचामा फूल्ने फूल भयौं…’ बोलको गीतमा मोडलिङ गरेका थिए । त्यसलगत्तै उनले आफ्नै रचनामा नयाँ गीत रेकर्ड गराएका हुन् ।















प्रतिक्रिया