१४ कार्तिक २०८३, शनिबार

सिद्धार्थ बैंकको आडमा किन पेल्यो जनता बैंकले कर्मचारीलाई ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ११ जेठ । कर्मचारीहरुले प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई कार्यकक्षमै बन्दी बनाएको घटनाले जनता बैंक नेपाल लफडा बढेको छ ।

मंगलबार कर्मचारी यूनियनको नेतृत्वमा बैंकका सिईओ कुमार लम्साललाई कार्यकक्षमै घेराउ गर्दै कर्मचारीहरुले नराजुलुस गर्दा बैंकको नियमित काम प्रभावित भएको थियो । सोहि विषयलाई लिएर बैंकमा लफडा बढेको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

कर्मचारी यूनियनका अनुसार सहमतिका नाममा माग सम्वोधन गर्नुका साटो आन्दोलनकारीलाई पेलेर जाने विषयमा लम्साल लागि परेका छन् ।

कर्मचारीहरु भने माग सम्वोधन नभए पूरै बोर्डलाई त्यहि बन्दी बनाएर राख्ने र ट्रेड यूनियन अधिकारको विरुद्ध एकजुट भएका मालिकहरुलाई घुँडा टेकाएरै छोड्ने अठोटमा छन् ।

मर्जरमा आउन लागेको सिद्धार्थ डेभलपमेण्ट बैंकले समेत कर्मचारीलाई पेल्ने जनता बैंकको बोर्डको सोचप्रति ग्रिन सिंगल देखाएपछि व्यवस्थापन पक्ष थप निरंकुश बन्न खोजेको हो ।

वित्तीय संस्थाहरुमा हुने यस्ता आन्दोलन र आन्तरिक समस्याको समाधान आपसी सहमतिमा नटुङ्ग्याउदा बैंकलाई दिर्घकालिन क्षति हुने विश्लेषकहरुको भनाई छ ।

जनता बैंकको व्यवस्थापनले सौहार्दपूर्ण वातावरणमा समाधान गर्न सकिने समस्यालाई गम्भिर बनाएर अझ बढी कुरा विगारेको छ । बैंकका सिईओ लम्सालले संचालक समिति समक्ष राजीनामा दिएको र्चचा कर्मचारी र सबै शाखाहरुमा व्याप्त छ ।

त्यसो त सिद्धार्थ डेभलपमेण्ट बैंकसँग हुन लागेको मर्जरमा अनियमितता भएपछि कर्मचारी यूनियनहरु आन्दोलनमा उत्रिएका हुन् । पद मिलान ठिक ढंगले नभएको र त्यसका विषयमा कर्मचारी र शेयरधनिलाई गुमराहमा राखिएपछि विवाद बढेको थियो ।

जनता बैंकको ब्यबस्थापन पक्ष चाहीं कर्मचारीलाई आफ्नै टिमका केही व्यक्तिले उचालेर आन्दोलनमा उतारेको भन्दै भ्रम सिर्जना गर्न लागेको पनि कर्मचारीहरुले आरोप लगाइरहेका छन् ।