१४ कार्तिक २०८३, शनिबार

लाहुराम थारुको पैसा झ्वाम पार्ने यी हुन् ‘भीआइपी’ थारु नेताहरू (नामसहित)

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । थारु आन्दोलनका बेला कैलाली जिल्लामा पक्राउ परेर जेल जीवन विताइरहेका लाहुराम थारुको सबै सम्पत्ति बैंकले लिलाम गर्ने अन्तिम तयारी थालेको छ ।

केही सीमित थारु नेताहरूका ठूला–ठूला सपनाको लहलहैमा लागेर आन्दोलनमा होमिएका लाहुराम थारुले फर्निचरको पसल सञ्चालन गर्न बैंकबाट लिएको १२ लाख ऋण तिर्न नसक्दा सबै जग्गा–जमिन लिलामका लागि ३५ दिने सूचनामा परेको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

थारु कल्याणकारिणी सभा कैलालीका सभापति एवम् बौद्ध धर्मोदय सभा कैलालीका अध्यक्ष समेत रहेका लाहुराम थारुलाई बौद्ध धर्मोदय सभाले सहयोगका लागि करिव साढे दुई लाख रुपियाँ सहयोग गरेको थियो । तर, धर्मोदय सभाले लाहुरामलाई पठाएको सहयोग रकम तत्कालीन थरुहट राई पार्टीका अध्यक्ष भानुराम थारु, सो पार्टीका सांसद गोपाल दहित मिलेर आफ्ना घाइते कार्यकर्ताको उपचारमा खर्च गरिदिएको खुलासा भएको छ ।

स्रोतका अनुसार साढे दुई लाखमध्येबाट लाहुराम थारुले जम्मा २३ हजार मात्रै हातमा पाएका छन् । आफूलाई आएको सहयोग रकम बीच बाटोमा दुरुपयोग भएको थाहा पाएपछि थारु आक्रोशित भएका छन् । थारुलाई पठाइएको साढे दुई लाख रकम भानुराम र हालका भूमिसुधार मन्त्री दहितको योजनामा मोटरसाईकल दुर्घटनामा परेका माधव चौधरीको उपचारमा खर्च गरेको स्रोतको भनाई छ ।

लाहुराम चौधरीको बैंकको ऋण तिर्नका लागि बौद्ध धर्मोदय सभा काठमाडौंले पठाएको रकम दुरुपयोग गर्नेमा होरीलाल चौधरीको नाम पनि अग्रस्थानमा छ । यसैबीच, केही थारु नेताहरूले लाहुरामलाई सहयोग गर्न राजधानीमा रकम संकलनको अभियान थालेका छन् । तर, त्यो रकम पनि लाहुरामले पाउने हुन् वा होइनन् थाहा छैन । लाहुरामको नाममा मात्रै होइन थुप्रै पीडितको पैसा यसै गरी दुरुपयोग गरेको आरोपहरू दिनप्रति दिन बढ्न थालेका छन् ।

लाहुराम थारुको रकम दुरुपयोगका विषयमा लागेको आरोपबारे जानकारी लिन हालका भूमिसुधार मन्त्री समेत रहेका तत्कालीन थरुहट तराई पार्टीका सांसद दहितलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । मन्त्री दहितको फोन उठेन ।