४ कार्तिक २०८३, बुधबार

पहिलो बैठकमै नक्सापासमा आधा शुल्क छुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, १० जेठ । विदुर नगरपालिकाको निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले भूकम्पपीडितलाई नयाँ घर बनाउँदा नक्सापासमा लाग्ने राजस्व शुल्क आधा छुट दिने निर्णय गरेको छ ।

विदुर नगरपालिकामा पदबहाली भएसँगै मंगलबार बसेको नगर कार्यपालिकाको पहिलो बैठकले वैशाख १२ को भूकम्पले आवास गुमाएर नयाँ घर निर्माण गर्नुपर्ने प्रभावितलाई नक्सापासमा अहिले लिँदै आएको शुल्कमा आधा छुट दिएर पीडितलाई राहतको अनुभूति दिन खोजिएको प्रमुख सञ्जु पण्डितले बताउनुभयो ।

“लाभग्राही सूचीमा नाम भएका पीडितले नयाँ आवास निर्माणका लागि यसअघि नगरपालिकामा तिर्दै आएको राजस्वलाई तत्कालै कार्यान्वयन हुनेगरी आधा रकम छुटको निर्णय गरी जनतालाई राहतको महसुस गराउन सुरु गरिएको छ ।”

प्रमुख पण्डितले भन्नुभयो, “नक्सापासमा रकम छुट दिने निर्णयले पीडितलाई १५ हजार रुपैयाँसम्म नगद बचत हुने भएकाले तत्कालै राहतको महसुस गराउन खोजेका हौँ ।” नगरपालिकाले नक्सापास गर्दा पक्की घर बनाउनेलाई एक वर्गफिटको रु सात र अस्थायी आवासको रु चार राजस्व सङ्कलन गर्दैै आएको छ ।

विदुर नगर कार्यपालिकाको बैठकले नगरपालिकामा रहेका तेह्रैवटा वडाको वडा कार्यालय स्थापना गरी सहजरुपमा सेवा प्रवाह गर्न रु. एक÷एक लाख रुपैयाँ बजेट निकासा गरी वडाध्यक्षहरुलाई जिम्मेवारी दिइएको छ । रासस