१४ कार्तिक २०८३, शनिबार

कांग्रेसमा भित्रभित्रै विद्रोहको तयारी

11.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । गत वर्ष कांग्रेसको सभापति बनेपछि सर्वशक्तिमान झै देखिएका शेरबहादुर देउवा यतिबेला कमजोर र चौतर्फी असन्तुष्टिको घेराबन्दीमा पर्नुभएको देखिँदै छ ।

केन्द्रीय कार्यसमितिलाई पूर्णता नदिएको र सबैलाई समेटेर अघि बढ्न नखोजेको भन्ने आरोपहरूले अब अनेकौँ मुद्दा अघि सारेर उनीमाथि प्रहार गर्ने तयारी गरेका छन् । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।

देउवाको सोँच र कार्यशैलीप्रति असहमति जनाउनेहरूको संख्या कांग्रेसभित्र दिन प्रतिदिन बढ्दै गएको छ ।

आफ्नै खेमाका विमलेन्द्र निधि पहिलेझैँ देउवाको एस म्यान अब रहेनन् । नेताहरू खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, गगन थापा, कृष्णप्रसाद सिटौला र अर्जुन नरसिंह केसीलगायतले पनि उपयुक्त समयमा देउवालाई तह लगाउने सोँच बनाएको बुझिन्छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कोइराला परिवारका नेता सदस्यहरू देउवालाई साइजमा राख्ने उपयुक्त समयको प्रतिक्षामा देखिन्छन् ।

निर्वाचनको समय परेका कारण यतिबेला देउवाप्रतिको असन्तुष्टि नेताहरूले जानाजान सार्वजनिक नगरेका हुन् । दोस्रो चरणको निर्वाचन लगत्तै देउवामाथि पार्टी सभापति र संसदीय दलको नेता दुईमध्ये एक पद छाड्न बलियो दवाव दिने तयारी कांग्रेसभित्र भइरहेको छ ।