काठमाडौं, १० जेठ । व्यवस्थापिका संसदको बैठक आज पनि बस्न नसकी स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमति नसकेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ । बैठक भोलि अपरान्ह ४ बजेसम्मका लागि स्थगित गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो नै संसदमा संसद बैठकलाई सम्बोधन गरी राजीनामा दिने बताएका थिए । तर, आज पनि बैठक स्थगित भएपछि उनको राजीनामा पनि सरेको छ ।















प्रतिक्रिया