१ कार्तिक २०८३, आइतबार

निर्वाचन आयोगले भन्यो- ‘ललितपुर महानगरपालिकाको मतगणना फेरि गर्नुपर्दैन’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ९ जेठ । निर्वाचन आयोगले ललितपुर महानगरपालिकाको मतगणना पुनः दोहोर्याएर गर्न नपर्ने जनाएको छ ।

एमालेले पुनः मतगणना माग गर्दै लिखित उजुरी हालेकोमा निर्वाचन आयोगले पुनः मतगणना गर्न नपर्ने भनेको हो । आयोगका कर्मचारीले मतपेटिका तलमाथि गरेको आरोप लगाउँदै एमालेले मंगलबार दिउँसोदेखि मतगणना बहिष्कार गरेको छ ।

मतगणनामा बदमासी गर्ने आयोगका नायब सुब्बा सुरेश थापालाई कारबाही गर्नुपर्ने र ४,८ र ९ को मतपेटिका दोहोर्याएर गर्नुपर्ने एमालेको माग छ ।

आयोगको निर्देशनपछि अब २९ नम्बर वडाको मतगणना गरिने भएको छ ।