काठमाडौं, ९ जेठ । काठमाडौं महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले ठूलो मतअन्तरसहित अग्रता लिएका छन् ।
शाक्ले मंगलबार बिहान प्राप्त पछिल्लो मत परिणाम अनुसार ३३२४७ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसका राजुराज जोशीले २४१०५ मतसहित पछ्याइ रहेका छन् । तेस्रो स्थानमा रहेकी विवेकशील पार्टीकी उम्मेदवार रञ्जु दर्शना न्यौपानेले १३००३ मत पाएकी छिन् ।
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार चिरीबाबु महर्जनको अग्रता कायम छ । महर्जनले १९५८३ मत पाएका छन् । एमालेका हरिकृष्ण व्यञ्जनकारले १७६४८ मत पाएका छन् । तेस्रो स्थानमा रहेका साझा पार्टीका रमेश महर्जनले ११९०९ मत पाएका छन् ।
भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले २३२८० मत पाएका छन् । उनलाई माओवादी केन्द्रकी रेणु दाहालले २०३७८ मतसहित पछ्याइ रहेकी छिन् ।
पोखरा लेखनाथ महानगरमा एमालेका मानबहादुर जिसीले २०५४० मत पाएका छन् । उनलाई कांग्रेसका रामजी कुँवरले १९५०३ मतसहित पछ्याइ रहेका छन् ।











प्रतिक्रिया