१४ कार्तिक २०८३, शनिबार

माओवादी १४ जिल्लामा निल, कांग्रेस–एमाले २/२

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । स्थानीय तहको पहिलो चरणमा भएको तीन प्रदेशको ३४ जिल्लाका एक सय ८३ गाउँ र नगरपालिकाको निर्वाचनमा सत्तारूढ माओवादीले १४ जिल्लामा निल भएको छ । ति जिल्लामा माओवादीले एक जना पनि प्रमख र उपप्रमुखमा विजय हासिल गर्न सकेन । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

सत्तारूढ अर्को घटक नेपाली कांग्रेसले पनि रूकुम र डोल्पा जिल्लामा एक जना पनि प्रमुख र उपप्रमुख जित्न सकेन । प्रमुख प्रतिपक्षी एमालेले समग्रमा करिव ४५ प्रतिशत वढी स्थानीय तहमा बर्चश्व कामय गरेपनि रूकुम र गोरखामा भने एक जना पनि प्रमुख र उपप्रमुख जित्न सकेन् ।
माओवादी निल भएको १४ जिल्ला : काठमाडौं, भक्तपुर, रसुवा, दोलखा, मनाङ, स्याङजा, काश्की, मुस्ताङ, म्याग्दी, पर्बत, नवलपरासी, दैलेख, सुर्खेत र मुगु हुन् ।

कुन दलको कुन जिल्लामा बहुमत ?

स्थानीय तहको पहिलो चरको निर्वाचनमा माओवादी केन्द्रले रूकुमका ६ वटा सवै स्थानीय तहमा प्रमुख र उपप्रमुख जितेर ठूला दल कांग्रेस र एमालेलाई हिस्स पारेको छ। त्यस्तै, नेपाली कांग्रेसले सवैभन्दा बढी नौं वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा बिजय हासिल गरेर गोरखा जिल्लाको माओवादी लालकिल्ला भत्काउन सफल भएको छ।

एमाले वर्चश्व कायम गरेका जिल्लाहरू

एमालेले करिब १० वटा जिल्लामा बहुमत स्थानीय तहमा बिजय हासिल गरेको छ । एमाले एक्लैले सवैभन्दा धेरै धादिङ जिल्लामा ८ अटा स्थानीय तहमा जित हासिल गरेको छ। यो जिल्लामा गाउँपालिका र नगरपालिका गरी १३ स्थानीय तह छन्। एमालेले १२ वटा स्थानीय तह रहेको स्याङ्जा, १३ वटा स्थानीयतह रहेको दैलेख, सिन्धुपाल्चोक र काभ्रे जिल्लामा ७/७ वटा स्थानीय तहमा बिजय हासिल गरेर लालकिल्ला कायम गरेको छ ।

एमालेले नौं स्थानीय तह रहेको दोलखाम ६, आठ वटा स्थानीय तह रहेको रामेछापमा पाँच, १० स्थानीय तह रहेको मकवानपुरमा ५, पाँच स्थानीय तह रहेको चितवनमा तीन, पाँच स्थानीय तह रहेको काश्कीमा तीन र आठ स्थानीय तह रहेको लमजुङमा पाँच स्थानीय तहमा बिजय हासिल गरेको छ ।

कांग्रेसले बहुमत ल्याएका जिल्लाहरू

स्थानीय तहो पहिलो चरणको निर्वाचनमा कांग्रेसले सर्वाधिक सफलता प्राप्ग गरेको जिल्ला भनेकै गोरखा हो । ११ वटा स्थानीय तह रहेको गोरखामा कांग्रेस एक्लैले ९ वटामा बिजय हासिल गरेर एमालेलाई गोरखाबाट वढारेको छ भने माओवादीलाई दुई गाउँपालिकामा सिमित गरिदिएको छ । गोरखा माओवादी आन्दोलनको उद्गम मात्र होइन २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीका तर्फबाट उम्मेदवार बनेका डा. बाबुराम भट्टराई ९० प्रतिशत वढी भोट ल्याएर जितेको जिल्ला समेत हो । यो जिल्लाबाट नयाँ शक्ति पार्टी खोलेका बाबुरामलाई मात्र होइन, माओवादी केन्द्रका शीर्ष नेता नारायणकाजी श्रेष्ठलाई समेत धक्का दिएको छ । यो जिल्ला श्रेष्ठको गृह जिल्ला पनि हो ।

कांग्रेसले डोल्पा र रूकुममा एक स्थान पनि जित्न नसकेर पराजय बेहोरे पनि नौं स्थानीय तह रहेको नवलपरासी (पूर्वी भाग)मा सात, ११ स्थानीय तह रहेको नुवाकोट र १० स्थानीय तह रहेको तनहुँमा ६ वटा स्थानीय तहमा बिजय हासिल गरेको छ। कांग्रसले गत संविधानसभा निर्वाचनमा मात्र तीन क्षेत्र रहेको बागलुङ र सुर्खेतमा कांग्रेसले तीनै स्थानमा बिजय हासिल गरेका थियो। तर आठ वटा स्थानीय तह रहेको बागलुङ र सर्खेतमा कांग्रेसले क्रमश चार र पाँच स्थानमा मात्र विजय हासिल गरेको छ ।

कुन प्रदेशमा कुन दलको स्थिति कस्तो छ ?

एक सय ७३ वटा स्थानीय तहको निर्वाचन मत परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सबैभन्दा अघि छ । उसले एक सय १६ स्थानमा बिजय हासिल गरिसकेको छ भने संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले एक सय तीन स्थानमा चित्त बुझाएको छ । माओवादीले भने ४६ वटा स्थानीय तहमा जितेर पार्टीको अस्तित्व र प्रभाव सुरक्षीत गर्न सफल भएको छ ।

तीन नम्बर प्रदेशमा सबैभन्दा बढी स्थानमा एमालेले जित हात पारेको छ । एमालेले ५७ जना गाउँपालिका र नगरपालिकाको प्रमुख जित्दा कांग्रेसले भने ३४ वटामा चित्त बुझाउनु परेको छ । माओवादीले भने १६ स्थानीय तहमा आफ्नो पकड जमाएको छ ।

चार नम्बर प्रदेशमा भने कांग्रेस बलियो देखिएको छ । यो प्रदेशमा कांग्रेस एक्लैले ४४ स्थानीय तहमा बिजय हासिल गर्दा एमालेले ३३ स्थानीय तह सुरक्षीत गरेको छ । माओवादीले केन्द्रले भने चार नम्बर प्रदेशबाट पाँच स्थानीय तहमा चित्त बुझाउनु परेको छ । यो प्रदेशमा माओवादी सबैभन्दा कमजोर देखिएको छ ।

छ नम्बर प्रदेशमा भने तीन पार्टीबीच कडा प्रतिष्पर्धा देखिन्छ । छ नम्बर प्रदेशमा एमालेले २६ स्थानीय तहको प्रमुखमा बिजय हासिल गर्दा कांग्रेस र माओवादी केन्द्रलले पनि २५/२५ वटा स्थानीय तह कब्जा गरेका छन्। छ नम्बर प्रदेशमा पर्ने कालिकोटको नरहरिनाथ गाउँपालिकाको मत परिणाम भने आउन वाँकी छ ।

मत परिणाम आउन वाँकी स्थानीय तहको १० वटा छन् । काठमाडौं, ललितपुर, भरतपुर, पोखरा लेखनाथ महानगरपालिका, हेटौंडा उपमहानगरपालिका, वुढानिलकण्ठ, कागेश्वरी मनहरा, चाँगुनारायण नगरपालिका र कालिकोटको नरहरिनाथा र दोलखाको मेलुङ गाउँपालिकाको भने मतपरिणाम आउन बाँकी छ ।