१४ कार्तिक २०८३, शनिबार

मधेस केन्द्रित दलहरूले चुनाबबारे यसरी थाले भित्रभित्रै तयारी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । तराई–मधेसकेन्द्रित राजनीतिक दलहरू आगामी जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको चुनावी तयारीमा जुटेका छन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव जिल्ला–जिल्ला घुम्दै चुनावी तयारीमा लागेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

यादवले संविधान संशोधनलगायत मधेस आन्दोलनको एजेण्डा सम्बोधन गराउन पनि चुनावलाई संघर्षकै रुपमा बुझेर अघि बढिरहेको बताए ।

यादवले राजपालगायत मधेसका अन्य पार्टीसँग छलफल गरेर साझा उम्मेदवार चयन गर्ने बताए । कांग्रेस, एमाले र माओवादी केन्द्र पनि जोडतोडका साथ चुनावी तयारीमा जुटिसकेका छन् ।

अधिकांश स्थानमा उम्मेदवार टुंगो लागिसके पनि केही स्थानमा टुंगो लगाउन बाँकी रहेको दलहरुले जनाएका छन् । कांग्रेसले जेठ १२ गतेसम्म सबै तहमा उम्मेदवार तय गर्ने भएको छ ।

‘जेठ १० सम्म सबै उम्मेदवारको सूची पेस हुने र १२ गते सम्ममा टुंगो लगाइसक्ने तयारी छ’, कांग्रेस धनुषाका सचिव सन्तोष यादवले भने ।