२ कार्तिक २०८३, सोमबार

परराष्ट्र सचिवका दाई नै कर्मचारीतन्त्रबाट पीडित – एउटा दर्दनाक कथा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । नेपालीमा उखानै छ ‘गाई भए गोरस र भाइ भए भरोस’ तर यो नेपाली उखान परराष्ट्र सचिव शंकरदास वैरागीको दाजु दिवाकर वैरागीको जीवनमा भने लागू भएन । उनी वर्षौ देखि देखि सिंहदरबार अर्थमन्त्रालय । प्रधानमन्त्री कार्यालयमा धाईरहेका छन्, तर काम चाहिँ कहिल्यै हुँदैन । दिवाकर अहिले सिंहदरवारमा पस्नकै निमित्त पहिलो बाजी मार्नुपर्ने हुन्छ । त्यसपछि काम त धेरै माथिकै विषय भयो सिंहदरवारमा तारेख धाउनुको रहस्य के हो ? भनेर सोध्दा उनी भन्छन् । “म पनि पटक पटक जनआन्दोलनमा भाग लिएको स्वतन्त्र सेनानी हुँ । त्यसैले राज्यका तर्फबाट पाउने केहि सहयोगका लागि धाएको हुँ तथापि प्रधानमन्त्री र अर्थमन्त्रीहरुले भेट नै दिंदैनन्” ।

पर्वतको मल्लाजबाट बाँकेको कोहलपुरमा बसाईसराई गरेका बैरागी काठमाडौं आएर एउटा होटलमा बस्ने गर्दछन् । उनको असली थर चाँहि खनाल हो । उनी आफ्नो सहोदर भाइ शंकरदास बैरागीकोे घरमा कहिल्यै पनि बस्दैनन् । नत कामकै लागि नै सहयोगको अपेक्षा गर्दछन् । किनकी भाइको उनीसँग कुनै स्तर मिल्दैन । समाजमा सम्पन्न मानिसका पनि कतिपय आफन्तहरु गरिब र अनपढ हुन्छन् र सामान्य मानिस पनि माथिल्लो पदमा पुग्न सक्तछ तर कसैले भने यो पचाउन सक्तैनन् । परराष्ट्रमन्त्री डा. रामशरण महतले पनि बाबु खडग बहादुर महतलाई विदेशी साथीसँग ‘घरेलु नेक्कर’ भनेर चिनाएको एक जना नुवाकोटका नेताले बताए । त्यसपछि जीवनभर बाबु छोरा रामशरणसँग नबोलेको एक जना उनकै नातेदारले बताए । पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले आमा दयालक्ष्मीलाई लगेर पशुपतिको वृद्धाश्रममा राखिदिए । यो कुरा वृद्धाश्रमका कर्मचारीलाई पछि मात्रैथाह भयो । काठमाडौंको विशालनगरमा लगभग १५ रोपनी जमिनमा महल बनाएर ठाँटसँग बसेका पाण्डेले पनि आमालाई पाल्न सकेनन् ।

२०४७ सालमा सचिव बैरागी नासु पदमा कार्यरत रहँदा नेकपा एमालेको वकालत गर्दै कर्मचारी संगठनमा बेलायतका राजदूत दुर्गाबहादुर सुबेदी सँग दौडने गर्दर्थे । दुर्गा बहादुर कंग्रेसबाट राप्रपाको पार्टीमा कमल थापालाई थैली बुझाएर बेलायतको राजदूत भएँ । शुरुमा एमालेका बैरागी पछि कांग्रेस पार्टीमा लागेर यूएनको मिसन न्यूयोर्कमा काउन्सिलर बन्न भ्याएँ । त्यसपछि २०६८ मा एमालेको फेरो समातेर अष्ट्रृलियामा पोष्टिङ गरिए । त्यसपछि रातारात डा. बाबुराम भट्टराईको चाकरी गरेर स्वीजरल्याण्डको राजदूत बने । उनी आफ्नो बिबेकले केहि काम गर्न सक्तैनन् । ठीक बेठीक छुट्टाउन नसक्ने हुतिहारा र बिवेकहिन मानिस हुन् । एक जना परराष्टका कर्मचारीले बताए ।

सचिव वैरागीले भूकम्पको समयमा बेल्जियम र नेदरल्याण्ड्सबाट आएको रेस्क्यू टिमलाई भारतको निर्देशनमा विमानस्थलमा होल्ड गराएर अवतरण गर्न दिएनन् । उक्त टिमले नेपाल सरकारका नियोगहरुमा विपदको बेलामा यसरी यूरोपका समृद्ध मुलुका देशबाट गरिएको सहयोग अफर अस्वीकार गर्नुलाई नराम्रो भन्दै आपत्ति जनाएपछि बल्ल तल्ल पाँच दिन पछि मात्रै त्यो रेस्क्यू टिमले नेपालमा अवतरण गर्न पाएको थियो । स्मरणीय कुरा के भने भारतका समर्थक मुुलुक बाहेक अन्य मुलुकका रद्दार टोलीलाई भारतीय सेनाका दर्जनौं जहाजहरु उद्दारका नाममा विमानस्थल होल्ड गराएका थिए । सेवा निवृत हुने समयमा राजदूत बन्नका लागि लाइन मिलाउनुपर्ने बाद्यताका कारण उनले यसरी चाकरीलाई उच्च प्राथामिकतामा राखेका हुन् । – डायरी एक्सप्रेसबाट