काठमाडौं, ८ जेठ । राप्रपाकी केन्द्रीय सदस्य एवं नायिका रेखा थापाले भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेणु दाहालमाथि अन्याय भएको बताएकी छन् ।
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डपुत्री रेणुमाथि सामाजिक सञ्जाल लगायत विभिन्न ठाउँबाट प्रहार भइरहेका बेला त्यसको बचाउमा उत्रिदै रेखाले रेणु दाहालले जित्न खोज्दा पनि हारेको देख्न चाहने दुनियाँ देखेर अचम्म मात्र होइन अन्यायको अनुभूत भएको टिप्पणी गरेकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत रेखाले भनेकी छन्– ‘काठमाडौंमा रञ्जु दर्शनाको कम मत हुँदापनि जितेको देख्ने दुनियाँ र चितवनमा रेणु दाहालले जित्न खोज्दा पनि हारेको देख्न चाहने दुनियाँ देखेर अचम्म मात्र होइन अन्यायको अनुभूत भएको छ ।’
रेखाले काठमाडौंमा मात्र होइन भरतपुरमा पनि महिलाले नै जित्नुपर्ने तर्क समेत राखेकी छन् ।
उनले भनेकी छन्– ‘मेरो लागि दुवै नारीले जित्नुपर्छ । सामाजिक सञ्जालमा रेणु दाहललाई जुन रुपमा लखेट्न थालिएको छ । यो सच्चा नेपाली र योग्य मानिसले गर्ने काम हो जस्तो लाग्दैन ।’
















प्रतिक्रिया