गैंडाकोट, ८ जेठ । स्थानीय निकाय निर्वाचन अन्तर्गत हालै सम्पन्न नवलपरासीको पूर्वी क्षेत्रमा पर्ने गैंडाकोट नगरपालिकका नवनिर्वाचित मेयर छत्रराज पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत एवम् मुख्य निर्वाचन अधिकृत शिब प्रसाद रिजालले मेयर, उपमेयर लगायत सबै वडा अध्यक्षहरुलाई पद तथा गोपनीयताको सपथ खुवाउनुभएको थियो ।
नेपाली काङ्ग्रेसको मुख्य आधार इलाका मानिने यस क्षेत्रमा पौैडेल बामपन्थी उम्मेदवारको रुपमा पहिलो एमालेबाट मुख्य जनप्रतिनिधि निर्वाचित भएका थिए । सपथग्रहणपछि आयोजित एक औपचारिक कार्यक्रममा नवनिर्वाचित मेयर पौडेलले गैंडाकोटलाई ग्रीन स्मार्ट सिटी निर्माण गर्ने प्रतिवद्धता दोहोर्याउँदै ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाई गैंडाकोट नगर क्षेत्रमा गुडने नगरबसमा निः शुल्क यातायात सुविधा प्रदान गर्ने घोषणा गर्नुभयो ।

सपथग्रहण कार्यक्रमको प्रमुख अतिथ्य नवलपरासी क्षेत्र नम्बर ३ बाट निर्वाचित सभासद् कृष्ण पौडेलले गर्नुभएको थियो । संयोगले वहा नवनिर्वाचित मेयर पौैडेलका दाजु हुनुहुन्छ । सम्बत् ४० को दशकमा पश्चिम बाग्लुङ्गको कालुंगखोलाबाट बसाईं सरेर आएको यो परिवार राजनीतिमा सक्रिय रहँदै आएको छ ।
















प्रतिक्रिया