२ कार्तिक २०८३, सोमबार

‘तारेभीर’को अफिसियल ट्रेलर र गीत सार्वजनिक, असार २ गतेबाट प्रदर्शनमा आउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी असार २ गतेलाई रिलिज मिति तोक्दै फिल्म ‘तारेभीर’को अफिसियल ट्रेलर र गीत सार्वजनिक भएको छ । फिल्म युनिटले राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै ट्रेलर र गीत सार्वजनिक गरेको हो । फिल्ममा कलाकार प्रेम सुब्बाको कथा तथा निर्देशन छ । उनले पत्रपत्रिकामा आएका विभिन्न घटनालाई कथात्मक रुपमा फिल्ममा प्रस्तुत गरिएको बताए । ‘पत्रपत्रिकामा बलात्कार, बम विष्फोटलगायतका विषयले प्राथमिकता पाउन थालेपछि यसै विषयलाई लिएर फिल्म बनाएको हुँ,’सुब्बाले भने,‘अभिनयमा लामो समय बिताएको अनुभवलाई फिल्म निर्देशनमा प्रयोग गरेको छु ।’

निर्माता डीके देवानले फिल्ममा आफुले छोटो भूमिकामा अभिनय गरेको जानकारी गराउँदै आफ्नो लगानी खेर नजाने बताए । फिल्ममा प्रमुख नायिका विष्णु चेम्जोङको बहिनीको भूमिकामा देखिएकी नायिका रेखा फागोले आफ्नो भूमिकामा सशक्त रहेको बताइन् । नायक निर्मल थापाले सामाजिक विषयबस्तुमा फिल्म बनेकाले पनि दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।

फिल्म ‘बलिदान’मा निर्देशक प्रेमसँग काम गरिसकेका हाँस्य कलाकार हरिवंश आचार्यले प्रेमको काममा आफु विश्वस्त रहेको बताए । ‘देशको अवस्थालाई चित्रण गर्दै उहाँले फिल्म बनाउनुभएको छ । फिल्मले दर्शकको माया पाउनेछ भन्ने कुरामा म ढुक्क छु ।’ हरिवंशले भने ।

नेक्स्ट जेनेरेसन इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, डिओ कृष्ण देवान, दीपेश श्रेष्ठ, अजयकुमार माझी, मञ्जु श्रेष्ठ, रञ्जित राना र निर्मल थापाको अभिनय छ ।

असार २ गते अल नेपाल रिलिज हुने फिल्ममा रामप्रसाद चौधरीको सम्पादन, गोविन्द राई र दिनेश मांगमुको नृत्य, प्रकाश गुरुङ, सनुप पौडेल र ब्रबिम शर्माको संगीत, जनक गुरुङको एक्सन, प्रेम सुब्बा र कृष्ण आचार्यको पटकथा तथा संवाद र युवराज राईको छायांकन छ ।

भिडियोः

https://www.youtube.com/watch?v=YPMl6zJ15kQ