काठमाडौं, ८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय गठबन्धनलाई आबेगमा आएर तत्काल आन्दोलनका कार्यक्रम घोषणा नगर्न आग्रह गर्नुभएको छ ।
काठमाडौंको बिजुलीबजारमा सोमबार गठबन्धनको बैठक बसिरहेका बेला प्रधानमन्त्री दाहालले महन्थ ठाकुरलाई फोन गरेर आन्दोलनका कार्यक्रम तत्काल घोषणा नगर्न आग्रह गर्नुभएको हो ।
राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले प्रधानमन्त्रीको आग्रह अनुसार मंगलबारसम्म सरकारको निणर्य पर्खर्ने बताउनुभयो ।
‘प्रधानमन्त्रीले फोन गरेर मंगलबार दिउँसोसम्म आन्दोलन घोषणा नगर्न आग्रह गर्नुभयो’, यादवले भन्नुभयो, ‘सरकारले हाम्रा मागका विषयमा अन्तिम निर्णय नगर्दासम्म विश्वास गर्ने वातावरण छैन ।’
सरकारले मधेसी मोर्चाका मागहरू पूरा गर्ने जनाउँदै आएको छ । तर, एमालेको बिरोधका कारण सरकारले ती मागहरू पूरा गर्न सकिरहेको छैन ।











प्रतिक्रिया