९ मंसिर २०८३, बुधबार

यी हुन् कांग्रेस गढ भत्काउँदै गैंडाकोटमा मेयर बन्ने पौडेल, यस्ता छन् नगरका लागि विकासे एजेण्डा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, ८ जेठ । गैंडाकोट नगरपालिकामा नगरसभाका मेयर, उपमेयर लगायत सदस्यले आज एक समारोहका बीच सपथग्रहण गरेका छन् ।

नगरपालिकाको परिसरमा आयोजित सभामा नव निर्बाचित मेयर छत्रराज पौडेल, उपमेयर विष्णु कुमारी कंडेल लगायत विजयी उम्मेदवारले ईश्वर, देश र जनताको नाममा सपथ ग्रहण गरेका हुन् । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत एंब निर्बाचन अधिकृत शिबप्रसाद रिजालले नव निर्बाचित मेयर छत्रराज पौडेल, उपमेयर बिष्णु कुमारी कंडेलसहित १८ वटै वडाका वडाध्यक्षलाई सपथ ग्रहण गराउनुभएको थियो ।

यस्तै नव निर्बाीचत मेयर पौडेलले १८ वडाका वडासदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको छ । आजै नव निर्बाचित मेयर पौडेल र उपमेयरले आफ्नो पदभार समेत ग्रहण गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथी, नवलपरासी क्षेत्र नम्बर ३ का साँसद कृष्ण प्रसाद पौडेलले गैंडाकोटको विकास र समृद्धि जनताको हातमा रहेको चर्चा गर्दै नगरपालिकाको विकासका निम्ति सबै एक भई लाग्नुपर्ने आबश्यक्ता औल्याउनुभयो । कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकाय, संचार क्षेत्रका ब्यक्तित्वको सहभागिता रहेको थियो ।

यस्ता छन् पौडेलका विकासे एजेण्डा

यसैबीच नव निर्बाचित मेयर छत्रराज पौडेलले सपथ ग्रहणपछि धारणा राख्दै जनताको मन जित्दै जनचाहना अनुरुप अघि बढ्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ । उहाँले गैडाकोटमा अपाङ र ज्येष्ठ नागरिकलाई नगरपालिकाभित्र चल्ने नगर बसमा निःशुल्क यात्रा ब्यबस्था मिलाउने प्रतिबद्धता जनाउनुभएको छ । यस्तै नगरलाई नमुना योग्य, हरियाली शहरको अवधारणा अनुसार विकास गर्ने, ग्रामिण क्षेत्रमा सोलार बत्तिको ब्यबस्था, वडाबाटै सरल, सहज तबरबाट वडाबासीलाई सेबा प्रदान गर्न आजैबाट अभियान सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नव निर्बाचित प्रमुख पौडेलले नगरलाई समुन्नत र समृद्ध बनाउन नगरपालिका भित्रका सबैपक्ष संग सहकार्य एवं हातेमालो गर्दै अगाडि बढ्ने बिश्वास ब्यक्त गर्नुभयो । यस्तै, नगर प्रमुख पौडेलले आजैका दिनदेखि नियमित रुपमा बिभिन्न कार्यक्रमलाई अघि बढाउन सुरु गर्नुभएको छ । सो अनुरुप पदबहाली भएको पहिलो दिन आज उहाँले नगरका बिभिन्न वडाको समस्या पहिचानका लागि वडा अवलोकन सुरु गर्नुभएको छ ।

यस्तै, समारोहमा नव निर्वाचित उपमेयर बिष्णु कुमारी कंडेलले नगरभित्रका दलित, महिला, जनजाति लगायत सबै पक्षको हितमा आफूले समेत पहल गर्नै प्रतिबद्धता जनाउनुभएको छ । नगरबासीलाई छिटो छरितो र प्रभावकारी सेवा दिन आफूहरु सदैब लाग्ने कंडेलले प्रतिबद्धता दोहोर्याउनुभएको थियो ।

स्थानीय तह निर्वाचनपछि नवलपुर अन्तर्गतको गैंडाकोट नगरपालिकामा ७० वर्षलामो कांग्रेसको बिरासत तोड्दै बामपन्थी धारका लोकप्रिय उम्मेदवार नगर प्रमुख भएसंगै उहाँलाई बधाई दिनेको आईरो नै लागेको छ ।