२ कार्तिक २०८३, सोमबार

काठमाडौं महानगरमा रञ्जुको अर्काे कमाल ! (पछिल्लो अपडेट)

72.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मेयर पदका लागि जारी मतगणनामा विवेकशील नेपाली दलकी उम्मेदवार रञ्जु दर्शनाले १० हजार मत कटाएकी छन् ।

यससँगै काठमाडौं महानगरमा नयाँ दलबाट १० हजार मत पाउने उनी पहिलो उम्मेदवार पनि बन्न सफल भएकी छन् । जबकी पुरानो दल एवं संसदको तेस्रो शक्ति नेकपा माओवादी केन्द्रले समेत १० हजार मत पुगाउन सकेको छैन् । माओवादीको केन्द्रका सर्बोत्तममान डंगोलले अहिलेसम्म २८८० मत मात्रै पाएका छन् । संसदको तेस्रो ठूलो दल माओवादी भन्दा २१ बर्षीय उम्मेदवार रञ्जुले झण्डै ८ हजार बढी मत पाएकी छन् ।

राष्ट्रिय सभागृहमा भइरहेको काठमाडौं महानगरपालिकाको मतगणनाको पछिल्लो अपडेटअनुसार रञ्जुले १० हजार १४७ मत ल्याएकी छन् । र उनी एमाले र कांग्रेसका उम्मेदवार पछि तेस्रो स्थानमा छिन् ।

३२ वडा रहेको काठमडौंको ५ वडाको मतगणना सकिएको छ भने १३ वडाको गणना भइरहेको छ । अहिलेसम्म काठमाडौंको ७७ हजार ६३२ मतको गणना भएको छ ।

काठमाडौं महानगरमा २५ हजार १५२ मतसहित एमाले उम्मेदवार बिद्यासुन्दर शाक्यले अग्रता लिइरहेका छन् भने कांग्रेसमा उम्मेदवार राजुराज जोशी १७७१० मतसहित शाक्यलाई पछ्याइरहेका छन् ।

त्यस्तै साझा पार्टीका उम्मेदवार किशोर थापाले ७६७१ मत ल्याएका छन् ।