भैरहवा । मिस सी स्टारको प्रतियोगीको रुपमा भैरहवाकी अन्जली शाह ठकुरी छनौट भएकी छन् । स्कुल एजुकेशन एक्जाम (सी) दिएकाहरु सहभागी उक्त प्रतियोगीतामा सहभागीहरुलाइ आयोजकले अहिले विभिन्न प्रशिक्षण दिइरहेको जनाएको छ ।
१५ जना प्रतियोगीमध्ये भैरहवाकी ठकुरीको प्रदर्शन पनि उत्कृष्ट देखिएको छ । बुद्धज्योति स्कुल भैरहवाबाट एसएलसी सरहको सी परीक्षा दिएकी ठकुरी सिनपा १२ आवारोड चौंककी हुन् । सानै उमेरदेखि मोडलिंग र कला प्रदर्शनीमा रुची राख्ने ठकुरी यसअघिका विभिन्न प्रतियोगितामा पनि प्रतियोगी भएकी थिइन् ।
आगमी जेठ २५ गते फाइनल प्रतियोगिता हुने उक्त मिस सी स्टारका प्रतियोगीहरुले आफूहरुलाई भोट दिन आग्रह समेत गरेका छन् ।















प्रतिक्रिया