२ कार्तिक २०८३, सोमबार

चलचित्र पत्रकारिता पुरस्कारमा विवाद, वरिष्ठ छाडेर कनिष्ठलाई पुरस्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । चलचित्र पत्रकार संघ, नेपालले बिहीबार वितरण गर्न लागेको चलचित्र पत्रकारिता एवम् पुरस्कार विवादमा परेको छ ।

संघमा आबद्ध वरिष्ठ चलचित्र पत्रकारहरूलाई संघले सर–सल्लाह नै नगरेर केही कनिष्ठ पत्रकारहरूलाई पुरस्कार र सम्मान गर्न लागेको भन्दै असन्तुष्टि आएको हो । संघमा आवद्ध वरिष्ठ पत्रकारहरूलाई ओझेलमा पारेर पुरस्कार वितरण गर्न लागेको आरोप छ ।

‘चलचित्र पत्रकार संघले चार जनालाई पुरस्कार र सम्मान गर्दै छ’, असन्तुष्ट चलचित्र पत्रकार संघका वरिष्ठ साधारण सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘चार जनामध्ये दुई जनामाथि प्रश्न नउठे पछि अन्य दुई जनाप्रति भने धेरैले प्रश्न उठाएका छन् ।’

संघका साधारण सदस्यहरूले केही मिडियाको प्रभावमा परेर पुरस्कार वितरण गर्न लागेको आरोप धेरैको छ ।

यसपटक चलचित्र पत्रकार संघले साहित्यकार एवम् सञ्चारकर्मी डा.नवराज लम्साललाई चलचित्र पत्रकार सम्मान, पारस पौडेललाई चलचित्र पत्रकारिता पुरस्कार, विजय आवाज सुवेदीलाई चलचित्र पत्रकारिता पुरस्कार र स्वेच्छा राउतलाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार दिने निर्णय गरेको छ ।

संघभित्रको विवाद र गुटगत स्वार्थका कारण धेरै सदस्यहरूले १८औं वार्षिकोत्सव एवम् पुरस्कार वितरण कार्यक्रममा आमन्त्रण गरिएको छैन । संघको निवर्तमान उपाध्यक्ष विष्णु सुवेदीले कार्यक्रमबारे आफूलाई खबरै नभएको गुनासो गरेका छन् । उनले संघमा आवद्ध साधारण सदस्यहरूसँग यस्तो गुनासो गरेको स्रोतको भनाइ छ ।