२ कार्तिक २०८३, सोमबार

मेरो डान्स कप युएसए २०१७ इपिसोडको भिडियो सार्बजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

वाशिंगटन डीसी । मेरो डान्स कप युएसए २०१७ सिजन– २ को इपिसो– ४ को भिडियो सार्बजनिक भएको छ । एमडिसी नामबाट चर्चित रहेको कार्यक्रम गत अप्रिल २८ देखि सुरु भएको हो ।

ग्रान्ड फिनाले अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुनेछ ।

जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनौट हुने छन् । अगस्त १२ तारिखमा प्रथमदेखि पाँचौ स्थानसम्म विजेताको घोषणा गरिनेछ ।

एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताको लागि निर्णायकहरूमा अभिनेता दिलीप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहने छन् ।

अमेरिकाभरि विभिन्न राज्यमा छरिएर रहेका किशोरकिशोरी, युवायुवती, नव प्रतिभा तथा कलाकारका आफूभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्दै मञ्च उपलब्ध गराउनु समेत संस्थाको मुख्य उद्देश्य रहेको छ ।