
पोखरा, ५ जेठ । पोखरा-लेखनाथ महानगरपालिकाको जारी मतगणनामा पार्टीलाई निकै कम मत आएको भन्दै पोखरा-लेखनाथ महानगर समितिका सभापतिले राजीनामा दिएका छन् ।
महानगरपालिकाको निर्वाचनमा पार्टीले निराशाजनक मत पाएको भन्दै पोखरा-लेखनाथ महानगरका सभापति बजिरमान श्रेष्ठले शुक्रबार राजीनामा हुन् ।
निराशाजनक मत आउनुमा आफू पनि जिम्मेवार रहेकाले नैतिकताका आधारमा राजीनामा दिएको उनले बताएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘मेरो राजीनामा आक्रोशको परिणाम होइन् । कांग्रेसको सांगठनिक शुद्धिकरणका लागि मेरो लामो सहयात्रा र सांगठनिक इमान्दारिताको उचाईबाट निस्किएको आवाज हो भनेर बुझिदिनु हुन अनुरोध छ।’
पोखरा लेखनाथ महानगरपालिकामा काँग्रेस र माओवादीको गठबन्धन रहे पनि काँग्रेसका मेयरका उम्मेदवार रामजी कुँवरलाई सुरुदेखि नै एमालेका मानबहादुर जिसीले अग्रता लिइरहेको छ । पोखराको अधिकांश वडा जित्ने एमालेको दाबी छ ।















प्रतिक्रिया