२ कार्तिक २०८३, सोमबार

श्याम भट्टराईले सार्वजनिक गरे “हाम्री दाइ कि साली” (भिडियो)

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली चलचित्र जगतका लोकप्रिय चलचित्र  निर्देशक श्याम भट्टराई यतिबेला ‘हाम्री दाई कि साली हल्का हल्का काली’को छायांकन अमेरिकाको नेभाडा राज्यको लस भेगास र लसएन्जल्सको हलिउडमा गरेका हुन् ।

गत हप्ता मात्र  songs nepal मार्फत  ‘हाम्री दाई कि साली हल्का हल्का काली’को सार्बजनिक गरेका छन् । लस भेगासका बिभिन्न रमणिय स्थानमा छायाकन गरिएको यस म्यूज़िक भिडियोको अझ रमाइलो कुरा के छ भने निर्देशक श्याम भट्टराई यो गीतको भिडियो निर्देशक मात्र नभै शब्द संगीत र स्वर पनि उनै भट्टराइको रहेको छ ।

“हाम्री दाइ कि साली” मा अनिष सापकोटा, मिस क्यालिफोर्निया नेपाल २०१५ अनुषा कार्की, यम चापागाईं, शरद डुम्रे, रोजिना कोइराला, रश्मिता भण्डारी अमित लुईँटेल साथै गोविन्द सापकोटा सुमन शिवाकोटीका साथै निर्देशक भट्टराईलाई पनि देख्न सकिने छ।

यसको छायाकन  क्यालिफोर्निया लसएन्जल्सवासी शंकर राज वाग्लेले गरेका हुन् । यस  म्यूज़िक भिडियो का छायाँकार वाग्ले नेपालमा रहँदा टेलिभिजनका बिभिन्न टेलि श्रृंखलाहरुका सक्रिय कलाकार थिए भने अहिले अमेरिकामा छायाकारको रुपमा स्थापित भइसकेका छन् l

त्यस्तै केहि समय देखी अमेरीकामा बस्दै आएका निर्देशक भट्टराईले  songs nepal मार्फत  ‘हाम्री दाई कि साली हल्का हल्का काली’को सार्बजनिक गर्दै भट्टराई  अमेरिकामा रहेर चलचित्र क्षेत्रका धेरै कामहरु गर्न सकिने र नयॉ नेपाली चलचित्रको पनि तयारी भैरहेको बताए।एउटा चलचित्रको केही महिना भित्रै छायाँकन कार्य थाल्ने जानकारी  समेत दिए।