२ कार्तिक २०८३, सोमबार

बलिउड अभिनेत्री रिमा लगुको निधन, शोकमा डुब्यो बलिउड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री रिमा लगुको निधन भएको छ ।

बुधबार राति करिब एक बजे छाती दुखेपछि अस्पताल भर्ना भएकी ५९ वर्षीया रीमाको हृदयघातका कारण सवा तीन बजे निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बलिउड फिल्ममा विशेषगरी आमाको भुमिका निभाउँदै आएकी रिमाले ‘कल हो ना हो, हम आपके हे कौन, मेने प्यार किया, साजन, वास्तव, कुछ कुछ होता हे, हम साथ साथ हैजस्ता चर्चित फिल्ममा काम गरेकी छन् ।

साथै तु तु मे मे, श्रीमान–श्रीमतीजस्ता टेलिश्रृंखलामा पनि अभिनय गरेकी अभिनेत्री रीमा विगत चालीस वर्षदेखि बलिउड तथा दक्षिण भारतीय फिल्ममा सक्रिय थिइन् ।

पुरानी नायिका रिमाको निधनले अहिले बलिउड शोकमा डुबेको छ । कलाकारहरु उनलाई श्रद्धाञ्जलि दिन उनको घर पुगिरहेका छन् ।