१४ कार्तिक २०८३, शनिबार

दासढुंगा प्रकरणबारे ओलीले खोले रहस्य

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसकै कारण दासढुंगा हत्याकाण्डको रहस्य पत्ता नलागेको आरोप लगाएका छन् ।

पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको २४ औं स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा ओलीले यस्तो आरोप लगाएका हुन् । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

२०५० जेठ ३ गते भण्डारी र आश्रित चढेको गाडी चितवनको दासढुंगामा दुर्घटना भएको थियो । ‘जननेता मदनको रहस्यमय तरिकाले हत्या हुँदा तत्कालीन सरकारको नेतृत्व कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले गरेका थिए, तर उनले छानबिन आयोगसमेत गठन गर्न मानेनन्’, ओलीले भने, ‘समयमा भिसेरा परीक्षण गर्न नपठाएका कारण प्रमाण नष्ट भयो ।’