९ मंसिर २०८३, बुधबार

राजपाका नेताहरुसँग मुडमा देखिए प्रधानमन्त्री, बालुवाटारमा एकाएक बन्यो माहोल !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ६ मधेसी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुबीच बालुवाटारमा ‘ह्याप्पी’ मुडमा वार्ता सम्पन्न भएको छ ।

सरकारी निवास बालुवाटार बुधबार साँझ भएको वार्तामा प्रधानमन्त्री पुरै ‘ह्याप्पी’ मुडमा प्रस्तुत भएको स्रोतले बताएको छ । ‘प्रधानमन्त्री आज पुरै ह्याप्पी मुडमा हामीसँग प्रस्तुत हुनुभयो,’ बैठकमा सहभागी एक मधेसी नेताले दैनिक नेपालसँग भने– ‘उहाँले संविधान संशोधन गरेर तपाईहरुका माग पुरा गर्छु । तपाईहरु चिन्ता नगर्नुस् । एमालेलाई पनि सहमतिमा ल्याउँछु । प्राविधिक रुपमा केही ढिलाई भएकोमा मलाई पनि दुःख लागेको छ । म मधेसी जनताको पक्षमा छु । मधेसको माग र अधिकार दिने कुरामा प्रतिबद्ध छु । दायाँबाया छैन् भन्नुभयो ।’

प्रधानमन्त्री दाहालले खुलेरै कुरा गरेपछि बालुवाटारमा एकाएक सकारात्मक माहोल बनेको थियो । मधेसी नेताहरुले प्रधानमन्त्रीलाई धन्यवाद दिँदै छिटो संविधान संशोधन गरी निर्वाचनमा आउने वातावरण बनाउन आग्रह गरेका थिए ।

राजपा अध्यक्ष मण्डलका एक सदस्य राजकिशोर यादवले प्रधानमन्त्रीसँग आज सकारात्मक कुरा भएको बताए । ‘प्रधानमन्त्रीज्यूले मोर्चाको माग पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो । संविधान संशोधन, राजपालाई चुनाव चिन्ह दिने कुरा प्रतिबद्ध देखिनुभयो ।’