९ मंसिर २०८३, बुधबार

केपी ओलीले भोट हालेको वडामा कांग्रेस विजयी

11.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ३ जेठ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मतदान गरेको भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेस विजयी भएको छ ।

एमाले विजयी हुने अनुमान गरिएको उक्त वडामा कांग्रेसका उम्मेदवार कमलनाथ आचार्य वडाध्यक्ष निर्वाचित भएका हुन् ।

यसैगरी सो वडामा महिला सदस्यमा कान्छीमाया श्रेष्ठ, दलित सदस्यमा मुना परियार, खुला सदस्यमा सुवासकुमार कार्की विजयी भएका छन् ।

सो वडामा एमालेका तर्फबाट खुला सदस्यमा विश्वराज विष्ट पनि विजयी भएका छन् ।