२ कार्तिक २०८३, सोमबार

आलोचना भएपछि करिश्माको स्पष्टिकरणः श्रीमानसँग मेरो सम्बन्ध बिग्रिएको छैन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नयाँ शक्ति नेपालकी नेतृ एवं सदाबहार नायिका करिश्मा मानन्धरले श्रीमानसँग आफ्नो सम्बन्ध नबिग्रिएको स्पष्ट पारेकी छन् ।

वैशाख ३१ गते भएको स्थानीय तहको पहिलो चरणको चुनावमा भोट हाल्न नपाएपछि सामाजिक सञ्जाल फेसबुमार्फत आफ्ना पनि विनोद मानन्धरमाथि आक्रोश पोख्दा आफ्नो आलोचना भएपछि करिश्माले बुधबार फेसबुकबाटै श्रीमान र आफूबीचको सम्बन्ध नबिग्रिएको दाबी गरेकी हुन् ।

साथै उनले दोस्रो चरणको निर्वाचनमा राजविराज गएर भोट हाल्ने पनि उल्लेख गरेकी छन् ।

काठमाडौंमा जन्मेर हुर्केकी करिश्माका पति विनोद मानन्धरले पुख्र्यौली थलो सप्तरीबाट आफ्नो बसाइँसराईं कागज नल्याइदिएपछि मतदाता परिचय पत्र बनाउन नपाउँदा भोट हाल्न नपाएको भन्दै यसअघि चुनावका दिन फेसबुकमार्फत् श्रीमान विनो रिस पोखेकी थिइन् ।

यस्तो छ करिश्माको स्पष्टिकरणः

यो लामो समयको चलचित्र यात्रामा जहिले पनि आफूलाई चित्त नबुझेको कुरा स्पष्ट राख्ने कलाकारमध्ये म एक कलाकार हुँ जस्तो लाग्छ। त्यो अर्थमा म जहिले पनि एउटा खुला किताबको रुपमा नेपाली दाजुभाइ/दिदीबहिनीहरु को अगाडि बस्न चाहेँ। एउटा कलाकार वा अरु जे रुपले हजुरहरु ले मलाई लिनुभएको छ, त्यो बाहेक सर्वप्रथम म एउटा मानिस हुँ। जसरी मानवीय भावना र वेदनाले अरुलाई छुन्छ मलाई पनि छुन्छ।

अनि म आत्मनिर्भर महिला पनि हुँ र आफ्नो र आफ्नो अधिकार को बारेमा सचेत छु तर, सबै कुरा आफ्नो हातमा हुँदैन। त्यसैले चार वर्षदेखि विनोदजीलाई बसाइँसराइको कागज मागिरहेको थिएँ। (सचेत नभएको भए आफ्नो पार्टीले दिएके अभिभारा- चुनावका प्रचार सामग्री बनाउनेदेखी हरेक जिम्मेवारी निभाएको छु। र चलचित्र क्षेत्रमा पनि आफ्नो मेहनतले आफ्नो ठाउँ बनाएको हुँ।) त्यो क्षणमा सायद आफूले काठमाडौंबाट भोट दिन नपाउँदा आवेगमा आफूलाई मनमा लगेको कुरा विनोदजी लाई भनेँ। उहाँले मेरो कुरामा ध्यान नदिएको आक्रोश हो सायद)

तर, जुन प्रकारले विभिन्न मिडियामा हाम्रो सम्बन्धको बारेमा लेखिरहेको देखेँ, त्यो एकदम गलत हो। हामी एक अर्काको सम्मान गर्छौं र यो घटनाले सायद हामी दुवैमा भएका कमजोरीहरु हटाउनु पर्छ भन्ने शिक्षा लिनुपर्छ होला। म त लिनेछु। आशा छ, विनोदजीले पनि लिनु हुनेछ।

केही छैन, आखिर तराई, पहाड, हिमाल जहाँ भोट दिए पनि नेपालमै दिने हो। आउँदो ३१ गते को चुनावमा राजविराज गएर भोट हाल्नेछु।