१ कार्तिक २०८३, आइतबार

कांग्रेसद्वारा राजपा नेपालसँग वार्ता, प्रधानमन्त्रीसँग कुरा चल्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूसँग संविधान संशोधन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श गरेको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार भएको वार्तामा संविधान संशोधनका विषयमा छलफल केन्द्रित रहेको राजपा नेपालका नेता राजकिशोर यादवले जानकारी दिए ।

‘हामीले संविधान संशोधन गरेर दोस्रो चुनावको वातावरण बनाउनुस् भन्यौ’, उनले वार्ताका बारेमा जानकारी दिँदै भने, ‘अहिले पनि चुनावको वातावरण बनेको छैन । संविधान संशोधन गर्नुस् त्यसपछि हामी पनि चुनाव जान्छौँ ।’

कांग्रेसका नेताहरूले राजपा नेपालको मागप्रति सकारात्मक रहेको भन्द्र प्रमुख दलहरूसँग परामर्श गरेर संविधान संशोधनको विधेयकलाई अगाडि बढाउन पहल गर्ने आश्वासन दिएका थिए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन र मुलुकको समग्र विषयमा परामर्श भएको भन्दै संविधान संशोधन गरेर दोस्रो चरणको चुनावको वातावरण बनाउन आफूहरू सक्रिय रहेको बताए ।

यसैबीच, राजपा नेपालका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहालसँग वार्ता गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा राजपा नेपालका नेताहरू र प्रधानमन्त्रीबीच वार्ता जारी रहेको हो ।