काठमाडौं, ३ जेठ । नेताहरुको आ आफ्नै अडानले नवगठित राष्ट्रिय जनता पार्टी नेपाल संकटमा परेको छ ।
स्थानी तहको पहिलो चरणको निर्वाचन सम्पन्न भई सबै दल दोस्रो चरणको निर्वाचनको तयारीमा लागिरहेका बेला राजपा पार्टी आन्तरिक विवादले निर्वाचन आयोगमा समेत दर्ता हुन नसकेको हो ।
निर्वाचन आयोगले दोस्रो चरणको चुनावमा भाग लिन पाउनेगरी राजपालाई आज दर्ता गराउने समय दिएको थियो । यसका लागि राजपाका शीर्ष नेताले आयोगका पदाधिकारीहसँग छलफल गरी समय तय गरेका थिए । तर, आन्तरिक विवादले आजपनि दल दर्ता हुन नसकेको स्रोतले बतायो ।
यसअघि अर्काे पार्टीसँग नाम जुध्दा राजपा नेपाल आयोगमा दर्ता हुन सकेको थिएन् । अहिले नाम परिवर्तन गरेपनि आन्तरिक रुपमा पार्टीको विधान, घोषणापत्र र चुनाव चिन्हमा भइरहेको विवादले दल दर्तामा ढिलाई भएको हो ।
यस्तै ढिलाई भइरहे राजपाले दोस्रो चरणको चुनावमा भाग लिनबाट वञ्चित हुनुपर्ने छ ।
के के कुरामा भयो विवाद ?
६ मधेसी दल मिलेर बनेको राजपा नेपालमा मुख्य विवाद भनेको पार्टीको विधान र घोषणापत्र हो । यी दुई विषयमा ६ वटै दलका नेताले आ आफ्नो पार्टीको इतिहास समेट्नुपर्ने अडान राखेका छन् । यहीबीचमा सबैलाई समेटेर पार्टीका विधान र घोषणापत्र तयार गर्नका लागि कार्यदल समेत गठन गरियो । कार्यदलले विधान र घोषणापत्र तयार गरेर मंगलबार नै अध्यक्ष मण्डलमा बुझाएको थियो । अध्यक्ष मण्डलमा त्यो विधान र घोषणापत्रको बारेमा छलफल भयो तर कुरा मिलेन । कार्यदलले बनाएको विधान र घोषणापत्रमा अध्यक्ष मण्डलमा रहेका सदस्यले आ आफ्नै अडान दोहोर्याएपछि कुरा मिलेन ।
















प्रतिक्रिया