काठमाठाडौं, ३ जेठ । राष्ट्रिय जनता पार्टी नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अलग–अलग वार्ता गर्न लागेका छन् ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधान संशोधनका विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले राजपाका नेताहरूलाई अपरान्ह पाँच बजे बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीसँगको वार्तामा संविधान संशोधनकै विषयमा छलफल केन्द्रित हुने राजपाका नेता राजकिशोर यादवले जानकारी दिए ।
त्यसैगरी, नेपाली कांग्रेसका सभापति देउवाले राजपाका नेताहरूलाई सिंहदरबारमा बोलाएका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा अपरान्ह ३ बजे हुने छलफलमा समग्र राजनीतिक विषयमा छलफल हुने नेता यादवले बताए ।
‘हामी संविधान संशोधन नभएसम्म दोस्रो चरणको निर्वाचनमा भाग लिँदैनौं’, उनले भने, ‘कांग्रेस सभापतिज्यूसँगको वार्तामा संविधान संशोधनका विषयमा हाम्रो अडान यथावत दोहोराउने छौँ । माग पूरा गर्नका लागि दवाव दिने छौँ ।’
प्रधानमन्त्री दाहालले यसैसाताभित्र पदबाट राजीनामा दिने घोषणा गरे लगत्तै राजपाका नेताहरूसँग देउवाले अलग्गै वार्ता गर्न थालेका हुन् ।











प्रतिक्रिया