९ मंसिर २०८३, बुधबार

उपत्यकामा एमालेको विजयी सुरुवातः महाँकाल गाउँपालिकामा पुरै प्यानलको जित, वडामा पनि बर्चश्व

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । नेकपा एमालेले काठमाडौं उपत्यकामा गाउँपालिकास्तरमा विजयी सुरुवात गरेको छ ।

ललितपुरको महाँकाल गाउँपालिकामा एमाले उम्मेदवार प्रमुख र उपप्रमुख निर्वाचित हुँदै विजयी सुरुवात भएको हो ।

निर्वाचन अधिकृत ध्रुवकुमार ढकालका अनुसार महाँकाल गाउँपालिका प्रमुखमा एमालेका रामचन्द्र दाहाल २ हजार ८० मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भीमसेन घिमिरेले १७२२ मत पाए ।

उपप्रमुखमा एमालैकै कमला लामा तामाङ विजयी भएकी छन् । उनले २२९३ मत पाइन् । काँग्रेसकी सशीला अधिकारीले १४२९ मत ल्याइन् ।

यस्तै, ४ वडामा प्यानलसहित र १ वडामा ३ सदस्यसहित विजयी हासिल गर्दै एमालेले वडामा पनि वर्चश्व कायम गरेको छ ।