१ कार्तिक २०८३, आइतबार

उदयपुरमा संस्कृत बिद्यालय सञ्चालन हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, २ जेठ । संस्कृति जगेर्णाका लागि उदयपुरमा गुरुकुल संस्कृत विद्यालय सञ्चालन गरिने भएको छ । नेपाल तिर्थ प्रकाश संघ शाखा उदयपुरले अरुणा पुष्प वाटिका चारधाम निर्माण स्थल त्रियुगा नगरपालिका ४ वगाहामा विद्यालय सञ्चालनको तयारी गरेको हो ।

तिर्थ प्रकाश संघले सो क्षेत्रमा ६ करोड ३६ लाख ६१ हजार १ सय ६१ रुपैयाँको लागत स्टिमेटमा मन्दिरसहितको ५ तले भवन निर्माणको तयारी गरेको छ । ५ बर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी संघले भवन निर्माणको कार्य सुरु गरेको संस्थाका संस्थापक अध्यक्ष निगमकुमार कोईरालाले जानकारी दिनुभयो ।

संघले विद्यालय संचालनका लागि यसअघि पुराणको आयोजना संकलन गरेको रकम, विभिन्न निकायबाट प्राप्त भएको सहयोग तथा भिक्षादानबाट संकलन भएको रकम प्रयोग गरी विद्यालय सञ्चालनको तयारी गरेको श्री १०८ स्वामि प्रपलाचार्यले बताउनुभयो ।

उहाँले पहिलोचरणमा यस बर्ष १ लाख ११ हजार १ सय ११ जनासँग प्रत्यक्ष भेटि स्वइच्छा दान मागेर काम अगाडी बढाईने बताउनुभयो । संघको उदयपुर जिल्लामा हालसम्म ३ सय बढी सदस्य रहेको उहाले जानकारी दिनुभयो ।

भवन निर्माण र जग्गा तथा वातावरण संरक्षण तटबाँधका लागि पुरातत्व विभागले ४ लाख, संसदिय कोष १ लाख, त्रियुगा नगरपालिकाले ३ लाख ५० हजार रुपैँया आर्थिक सहयोग गरेको वरिष्ठ उपाध्यक्ष धनप्रसाद भणडारीले बताउनुभयो । भवनमा २ तला व्यापारिक केन्द्र, २ तला संग्रालय र १ तला सिस्म हल रहनेछ ।

नर्सरीदेखि आचार्यसम्म पढाई हुने जनाइएको छ । विद्यालय सञ्चालनका लागि दान सहयोग कार्यक्रमको उदघाटन प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार गर्नु भएको छ । उहाँले विद्यालयले लोप हुँदै गएको संस्कृतिलाई संरक्षण र सम्र्बद्धनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।

उहाँले आर्थिक पारदर्शितासँगै विश्वासको वातावरण बनाउन सके पाँच बर्षसम्मको परिकल्पना पुरा हुने विश्वास व्यक्त गरे । त्यसैगरी स्थानीय बिकास अधिकारी गणेशप्रसाद दाहालले भाषिक उत्थान र धार्मिक आश्थामा विद्यालयले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

उहाँले भाषा संरक्षण, सम्र्बद्धन र धार्मिक आश्थाको धरोहरकोरुपमा विकास हुनेमा जोड दिनुभयो । कार्यक्रममा प्रहरी प्रमुख एसपी नरबहादुर केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, श्री १०८ स्वामि प्रप्रलाचार्य, तिर्थ प्रकाश संघका संस्थापक अध्यक्ष निगमकुमार कोईरालाले लगायतले बोल्नु भएको थियो ।