सल्यान, २ जेठ । सल्यानको दार्मा गाउपालिकामा माओवादी केन्द्रले जित हात पारेको छ । काँग्रेस र एमालेको संयुक्त गठवन्धनका उम्मेदवार रामचन्द्र केसीलाई ९ सय २३ मतले पराजित गर्दै केसी गाउँपालिकाको अध्यक्ष बनेका हुन ।
उनले ३ हजार ६ सय ९४ मत प्राप्त गरेका थिए भने काँग्रेसका रामचन्द्र केसीले २ हजार ७ सय ७१ मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै टिका शर्मा वलीले नेकपा एमालेबाट उपाध्यक्षको उम्मेदवार बनेका दल बहादुर केसीलाई पराजित गर्दै उपाध्यक्षमा जितेकी छन् । उनल ३ हजार ६ सय ९५ मत प्राप्त गरीन भने प्रतिद्धन्दी केसीले २ हजार ६ सय १९ मत प्राप्त गरे ।
६ वटा वडा रहेको दार्मा गाउँपालिकामा वडा नम्वर १ मा संयुक्त प्यानलका उम्मेदवारहरु विजयी भएका थिए । भने वाँकी सवै वडाहरुमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका थिए । ९ स्थानिय तह मध्ये वाँकी ८ वटामा तिनमा माओवादी केन्द्र तिनमा एमाले, एकमा नेपाली काँग्रेस र एकमा राप्रपाले अग्रता कायम गरेका छन् ।
जिल्लाभरी ३१ वडाको नतिजा सार्वजनिक, जसमा माओवादी १५ एमाले ९ र काँग्रेसको ७ वडामा जित
माआवादी केन्द्रले जितेका वडाहरु
१ कपुरकोट गाउँपालिकाको वडा नम्वर १ मा वालाराम खड्काको नेतृत्वमा पुरै टिम,
२ ढोरचौर गाउँ पालिका १ मा राम बहादुर बस्नेतको नेतृत्वमा पुरै टिम,
३ ढोरचौर गाउँपालिका २ मा रुद्र बहादुर बुढाथोकीको नेतृत्वमा पुरै टिम,
४ दार्मा गाउँपालिका ५ मा दुर्गा मल्लको नेतृत्वमा पुरै टिम
५ दार्मा गाउपालिका ६ मा राम बहादुर केसीको नेतृत्वमा पुरै प्यानल विजयी
६ बागचौर नपा ११ मा मोहन खड्काको पुरै टिम
७ बागचौर नपा १२ मा दिपक वलीको पुरै टिम
८ छत्रेश्वरी गापा २ बाट प्रेम खड्काको पुरै टिम
९ कपुरकोट गाउपालिका २ मान बहादुर रानाको पुरै टिम
१० रामपुर गाउपालिका ६ मा टेक बहादुर पुलामी सहित पुरै टिम
११ दार्मा गाउपालिका ४ मा चन्द्र बहादुर रावत सहित पुरै टिम
१२ दार्मा गाउपालिका ३ मा शक्ती बहादुर रोकाय सहित पुरै टिम
१३ वनगाड कुपिण्डे २ मा प्रतिमल रोका सहित पुरै टिम
१४ वागचौर नगरपालिका १० मा कृष्ण खड्का सहित पुरै टिम
१५ दार्मा गाउपालिका २ मा डिल्ली केसी सहित पुरै टिम
नेकपा एमालेले जितेका वडाहरु
१ शारदा नगरपालिका १ बाट एमालेका नवराज बुढाथोकी वडा अध्यक्ष सहित पुरै प्यानल विजयी
२ शारदा नगरपालिका २ बाट केशव सिंह श्रेष्ठको टिम
३ शारदा नगरपालिका ३बाट टोप बहादुर थापा
४ त्रिवेणी १ मा छवि केसीको पुरै टिम
५ ढोरचौर गाउपालिका ३ मा शालीकराम बुढाथोकीको पुरै प्यानल
६ बनगाड कुपिण्डे नगरपालिका १२ मा गोविन्द डांगीको पुरै टिम
७ बागचौर नपा २ मा घनश्याम शर्माको पुरै टिम विजयी
८ दार्मा गापा १ मा कवि कुमार चन्द सहित पुरै प्यानल
नेपाली काँग्रेसले जितेका वडाहरु
१ वागचौर नगरपालिका १ मा नेत्र प्रसाद डाँगी सहित पुरै प्यानलमा विजय
२ छत्रेश्वरी गाउ पालिका १ मा नेव बहादर शाह सहित पुरै प्यानल विजय
३ कालीमाटी गाउपालिका ७ मा नयन सिहं रानाको पुरै प्यानल विजयी
४ त्रिवेणी गाउपालिका २ मा मेघराज खड्का सहित पुरै टिम
५ शारदा नपा ४ मा सुदन विष्ट विजयी अन्य सबै सदस्य एमाले
६ कपुरकोट गाउपालिका ३ मा मिन बहादुर सेन सहित पुरै प्यानल
७ शारदा नपा ५ मा प्रदीप शाही सहित पुरै टिम












प्रतिक्रिया