काठमाडौं, २ जेठ । औषधि आयातकर्ताहरूको संस्था नेपाल औषधि आयातकर्ता संघले विभिन्न माग राखेर औषधि व्यवस्था विभागमा धर्ना दिएका छन् ।
काठमाडौंको बबरमहलस्थित विभागको कार्यालयमा आयातकर्ताहरूले मंगलबार बिहान धर्ना दिएका हुन् । उनीहरूले जनतालाई गुणस्तरीय र सस्तो औषधि विदेशबाट आयात गरेर दिने आफूहरूको सेवामूलक व्यवसायविरुद्ध सरकारले निर्णय गरेको भन्दै आपत्ति जनाए ।
सरकारले औषधि आयातमा अनुमति दिएर आफैले औषधि खरिद गरेर करोडौँ रुपियाँ हिनामिनामा लागेको भन्दै औषधि आयातकर्ताहरूले विरोध गर्दै आएका छन् । उनीहरूले सरकारी अस्पतालहरूमा थोरै पैसामा औषधि खरिद गरेर महँगोमा बिरामी उपभोक्तालाई बिक्री गरेको आरोप लगाएका छन् ।
स्वदेशी औषधि उद्योगको उत्पादन राज्यले मापदण्ड नपुगेको भन्दै खरिद गर्न अस्वीकार गरेको तर उपभोक्ता तिनै मापदण्ड विपरितका औषधिहरू खरिद गर्न बाध्य भएको समेत संघले जनाएका छन् ।
आयातकर्ता संघले नेपाली उत्पाकलाई टेवादिनु, गुणस्तरीय र सस्तो औषधिका लागि सधैँ सहयोग गर्नुपर्ने जनाउँदै उपभोक्ताहरूलाई सिधै असर पर्ने गरेर वा भ्रष्टाचार हुने निर्णयप्रति कहिल्यै साथ नदिने जनाको छ ।















प्रतिक्रिया