२ कार्तिक २०८३, सोमबार

सारिकालाई ‘कान्छी आइलभ यु…’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोडल सारिका घिमिरेले अभिनय गरेका म्युजिक भिडियो सार्वजनिक भएको छ । उनको नयाँ म्युजिक भिडियोका गायक ताराबीर पाण्डे हुन् ।

‘कान्छी कान्छी कान्छी आइलभ यु..’ भन्ने गीतमा सारिकाले अभिनय गरेकी हुन् । गायक तथा सङ्गीतकार ताराबीर पाण्डेको स्वरमा रहेको गीत ‘कान्छी आई लभ यु’मा घिमिरे नृत्य गरेकी छिन् ।

गीत युट्यबमार्फत सार्वजनिक भएको हो । म्युजिक भिडियोमा पियुस शम्शेर कुवँरले सारिकासँग अभिनय गरेका छन् ।

जनकराज अधिकारीले छायाँकन गरेको भिडियोलाई तुलसी बाँस्कोटाले निर्देशन र सम्पादन गरेका हुन् । टंक बुढाथोकीको ऐरेञ्ज र जीवन कटुवालको कोरियोग्राफी रहेको छ ।