भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्दबीच कडा टक्कर देखिएको छ ।
पछिल्लो मत परिणाम अनुसार मेयर पदमा माओवादी केन्द्रकी रेणु दाहालले एमालेसँगको मत अन्तर घटाएकी छन् । रेणु र एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीबीच ३४ मतको फरक छ ।
एमालेका देवी ज्ञवालीले ५३४ मत पाएका छन् । माओवादी केन्द्रकी रेणु दाहालले ५०० पाएकी छन् ।
उपमेयरमा एमालेकी दीब्य शर्माले ४५६ मत पाएकी छिन् भने कांग्रेसकी पार्वती शाहले ५५२ मत पाएकी छन् ।











प्रतिक्रिया