भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवारले माओवादी केन्द्रका मेयर पदका उम्मेदवारलाई ८० मतको फरकमा पछाडि पारेका छन् ।
पछिल्लो पटक अनौपचारिक रुपमा प्राप्त परिणाम अनुसार एमालेका देवी ज्ञवालीले ५३१ मत पाएका छन् ।
मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले ४५१ मत पाएकी छिन । यसअघि केही समय रेणुले देवीलाई पछाडि पारेकी थिइन् ।
उपमेयर पदमा एमालेकी दीव्या शर्माले ४५६ मत पाएकी छन् । नेपाली कांग्रेसकी पार्वती शाहले ४५४ मत पाएकी छन् । दीव्या र पार्वतीबीच दुई मतको फरक छ ।











प्रतिक्रिया