पोखरा, २ जेठ । बागलुङ नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार अगाडि छन् । एमालेका मेयर पदका उम्मेदवारले १०२७ मत पाएका छन् । कांग्रेसका मेयर पदका उम्मेदवारले १००४ मत पाएका छन् ।
उपप्रमुखमा राप्रपाका उम्मेदवारले ११५५, कांग्रेसले ८३२ मत पाएका छन् । अहिलेसम्म १ र २ वडाको को मतगणना सकिएको छ ।
उता, तनहुँको बन्दीपुर गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार अगाडि देखिएका छन् । माओवादीलाई कांग्रेसका उम्मेदवारले पछ्याइ रहेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पदमा उम्मेदवारले १२०९ मत पाएका छन् । कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवारले ११७१ मत पाएका छन् । एमालेका अध्यक्ष पदका उम्मेदवारले १००९ मत पाएका छन् ।











प्रतिक्रिया