९ मंसिर २०८३, बुधबार

काठमाडौं र पोखरा महानगरमा एमालेसँग कांग्रेसको अन्तर बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख । काठमाडौं र पोखरा महानगरपालिकामा कांग्रेस र एमालेबीचको मत अन्तर बढ्दै गएको छ ।

अनौपचारिक रुपमा प्राप्त पछिल्लो मत परिणाम अनुसार काठमाडौं महानगरपालिकाको मेयर पदमा एमालेका बिद्यासुन्दर शाक्यले १६१ मत पाएका छन् । दोस्रोमा साझा पार्टीका मेयर पदका उम्मेदवार किशोर थापाले ११४ मत सहित पछ्याइ रहेका छन् । तेस्रोमा कांग्रेसका राजुराज जोशीले १०१ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गीले १४२ मत पाएकी छिन् । उम्मेदवारमा राप्रपाका राजाराम श्रेष्ठले ११३ मत पाएका छन् । साझा पार्टीबाट उमेयरकी उम्मेदवार निरूपमा यादवले ८४ मत पाएकी छिन् ।

उता, पोखरा–लेखनाथ महानगरपालिकाको मेयरमा एमालेले अग्रता कायमै राखेको छ । मेयर पदका उम्मेदवार एमालेका मानबहादुर जिसीले ९३१ मत पाएका छन् ।

कांग्रेसका रामजी कुँवरले ६६५ मत पाएर पछ्याइ रहेका छन् । मेयर पदमा नयाँ शक्ति पार्टीका हुमबहादुर तमुले १४७ मत पाएका छन् ।