९ मंसिर २०८३, बुधबार

तनहुँमा काँग्रेसले खाता खोल्यो, आबुखैरेनीमा वडाअध्यक्ष विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १ जेठ । तनहुँको आबुखैरेनी गाउँपालिकामा काँग्रेसले विजय आरम्भ गरेको छ । आबुखैरेनी गाउँपालिकाको वडा नं १ मा नेपाली काँग्रेसका किशन थापा वडा अध्यक्ष विजयी भएका छन्। एकजना बाहेक वडामा सबै काँग्रेस विजयी भएका छन् ।

विजेता थापाले ५ सय ५६ मत ल्याए । माओवादी केन्द्रका द्वारिका श्रेष्ठले ५ सय २१ मत र एमालेका लिलाबहादुर खनालले १ सय ८४ मत पाए ।

कांग्रेसबाट महिला सदस्यमा सरस्वती अधिकारी, दलित महिला सदस्यमा अनु परियार, खुला सदस्यमा प्रेम गुरुङ्ग, विजयी भएका छन् । खुला सदस्यमा नेकपा माओवादी केन्द्रका विष्णु अधिकारी विजयी भए ।