१४ कार्तिक २०८३, शनिबार

नेपालको निर्वाचनप्रति चीनको यस्तो आयो प्रतिक्रिया

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । उत्तरी छिमेकी चीनले नेपालमा पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग आइतबार बेइजिङमा भएको द्वीपक्षीय वार्तामा चिनियाँ प्रधानमन्त्री वाङ याङले पहिलो चरणको स्थानीय तह निर्वाचन भएबाट नेपालमा राजनीतिक स्थायीत्व, विकास तथा जनताको जीवनस्तर उकास्न मद्धत पुग्ने विश्वास व्यक्त गरे । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

चीनले यसअघि स्थानीय चुनावका लागि नब्बे लाख चिनियाँ युयान नेपाललाई सहयोग गरेको थियो ।