काठमाडौं । नयाँ शक्तिकी केन्द्रीय सदस्य एवं नायिका करिश्मा मानन्धरले स्थानीय तहको निर्वाचनको दिन विहानै फेसबुकमार्फत आफ्ना पति विनोद मानन्धरप्रति आक्रोश पोखेकी छन् ।
काठमाडौंवासी हुँदाहुँदै सप्तरीको मतदाता बनाइदिदा चुनावमा भोट हाल्न नपाएपछि करिश्माले पतिमाथि आक्रोश पोखेकी हुन् ।
हेर्नुस् करिश्माको फेसबुक स्टाटसः
सायद यो लेख्न हुदैनथ्यो । तर हद भयो सहने
हरेक कुरा त परिवार आफन्त र छोरीको लागि सहे ।
यसैपनि बिनोद जी को असाध्यै राम्रो मान्छे भन्ने इमेज छ ।
तर आज मेरो मलिक बन्ने तानाशाहीको हदले गर्दा मेरो मनले सहन मानेन ।
बिनोद । तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहना हुन्छन् । तिम्रो एकल निर्णयले हुँदैन । सबै कुरामा तिमी नै मालिक बन तर केही कुरा सहन सकिदैन्
तिमीले हाम्रा लागि गरेका कुरा हामी प्रतिको तिम्रो कृपा मान्नुपर्ने ?
म काठमाडौंको नागरिकता भएको मान्छे, वहाँसंग बिबाह गरेपछी सप्तरी राजबिराजबाट मेरो नागरिकता मानन्धरको नाममा परिवर्तन गरियो, म चुप लागे सायद श्रीमानकोमा राख्नु पर्छ होला भनेर, यत्रो बर्ष भयो वहाँले मेरो मतदाता परिचयपत्र (भोटिङ कार्य) बनाई दिनु भएन । हामी लाजिम्पाट बस्छौ आफ्नो र छोरीको बसाई सराई गरेर उहाँले भोटिङ कार्ड लिनुभएछ, तर वहाँले मेरो पनि लिनुपर्छ भनेर जरुरी सम्झिनु भएन । मैले उहाँलाई सोधे तर वस्ता गर्नुभएन । म आफै गएर ४ घन्टा लाईन बसेर रजिस्ट्रर गरे । बसाई सराईको कागज पनि थिएन, त्यसैले सप्तरीको लिस्टमा पुगेछ । न म राजबिराजको हो न म त्यहाँ कहिले बसेको छु कसरी गएर भोट दिने ? अरु सब कुरामा उ मेरो मलिक होला तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सैह्य भएन् । ..sorry to say this Binod you have to accept me as your important family member you are taking me too light…















प्रतिक्रिया